You are viewing the translated version of गाउँ विकास समितिको आम्दानीको वर्गीकरण र व्याख्या.
(नियम १८ को उपनियम (१) को खण्ड (क) स“ग सम्बन्धित)
गाउँ विकास समितिको आम्दानीको वर्गीकरण र व्याख्या
१.० आन्तरिक स्रोत
गाउ“ विकास समितिमा हुन सक्ने आम्दानीका शीर्षकहरुको व्याख्या निम्नानुसार हुनेछ ः–
१.१ स्थानीय कर
१.१.१ घर जग्गा करः प्रचलित कानून बमोजिम गाउ“ विकास क्षेत्र भित्रको घर तथा त्यसले चर्चेको जग्गा, घरको आकार प्रकार र बनौट समेतको आधारमा वार्षिक रुपमा लिइने घर जग्गाको करको रकम यस शीर्षक भित्र पर्दछ ।
१.१.२. मालपोत वा भूमि करः गाउ“ विकास क्षेत्रभित्रको जग्गामा लिइने मालपोत वा भूमि करमध्ये गा.वि.स.को ७५ प्रतिशत रकम यो शीर्षकमा आम्दानी जनाउने र जि.वि.स. मा पठाउनु पर्ने २५ प्रतिशत रकम कोड नं. १.५.३ को अन्य आय शीर्षकमा आम्दानी जनाइनु पर्दछ ।
१.१.३. हाट, बजार, पसल करः गाउ“ विकास क्षेत्र भित्र सञ्चालित पशुहाट, नियमित हाट बजार, मेला, जात्रा, आदिमा थापेको पसलबाट लिइने हाट, बजार तथा पसल करबाट भएको आम्दानी यस शीर्षकमा आम्दानी जनाउनु पर्दछ ।
१.१.४ सवारी साधन कर ः प्रचलित कानून बमोजिम गाउ“ विकास क्षेत्रभित्रका सवारीको दर्ता गर्दा, वार्षिक रुपमा नवीकरण गर्दा तथा आÇनो क्षेत्रमा पटके रुपमा आउने सवारीमा लिइने सवारी साधन करको रकम यस शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ । तर नेपाल राज्यभित्र प्रवेश गरेको सवारीमा उक्त सवारी सबभन्दा पहिले विदेशबाट जुन गाउ“ विकास क्षेत्रभित्र प्रवेश गर्छ सो क्षेत्रको गाउ“ विकास समितिले तोकिए बमोजिम कर लगाउ“न सक्नेछ र एक गाउ“ विकास क्षेत्रभित्र कर तिरे पछि अन्यत्र पुन त्यस्तो कर लगाई आम्दानी बा“ध्न पाइने छैन ।
१.१.५ मनोरञ्जन कर ः गाउ“ विकास क्षेत्रमा रहेको स्वीकृत सिनेमाहल, भिडियोहल, सांस्कृतिक प्रदर्शन जस्ता हलहरुबाट कानून बमोजिम असूल गरिने मनोरञ्जन करलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ । ऐनको दफा ५६ को उपदफा (१) को खण्ड (घ) बमोजिमको जादू, सर्कस जस्ता मनोरञ्जन गराए वापत लिइने शुल्क यसै आम्दानी शीर्षक भित्र राखिनेछ ।
१.१.६ बहाल विटौरी कर ः गाउ“ विकास क्षेत्रभित्र आफूले निर्माण, रेखदेख वा चलन गरेको हाट बजार, ऐलानी जग्गा वा बाटोको छेउका भाडामा दिएका अस्थायी पसलहरुबाट असूल गरेको बहाल विटौरी करलाई यस शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ । गा.वि.स.ले चल अचल सम्पत्ति भाडामा लगाएको अवस्थामा त्यसबाट प्राप्त हुने भाडा वा बहालको रकमलाई पनि यसै शीर्षकमा आम्दानी जनाउनु पर्नेछ ।
१.१.७ विज्ञापन कर ः गाउ“ विकास क्षेत्रभित्र साईन बोर्ड राख्ने व्यक्ति वा निकायबाट लिइने विज्ञापन करको रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्दछ ।
१.१.८ व्यवसाय कर ः गाउ“ विकास क्षेत्रभित्र तोकिएको उद्योग, व्यापार, व्यवसाय वा पेशा सञ्चालन गर्ने व्यक्ति वा संस्थाबाट लिइने व्यवसाय कर यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ ।
१.१.९ व्यवसायिक भिडियो कर ः गाउ“ विकास क्षेत्रभित्र व्यवसायिक भिडियो सञ्चालकहरुबाट लिइने कर यस शीर्षकमा आम्दानी जनाउनु पर्दछ ।
१.१.१० प्राकृतिक स्रोत उपयोग कर ः गाउ“ विकास क्षेत्रभित्रको प्राकृतिक स्रोत सम्पदाको व्यवसायिक उपयोग गर्ने व्यक्ति वा संस्थाबाट प्राकृतिक स्रोत उपयोग गरे वापत लिइने करको रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ । सार्वजनिक खोला नालाको पानी सार्वजनिक प्रयोग बाहेक अन्य प्रयोगबाट प्राप्त रकमलाई समेत यसै शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ ।
१.२ सेवा शुल्क
१.२.१ सेवा शुल्क ः गाउ“ विकास समितिले आफ्नो क्षेत्रभित्र आफूले उपलव्ध गराएको सेवा जस्तै सरसफाई तथा ढल निकासको सुविधा, पर्यटकीय र वनभोज क्षेत्र, पार्क,उद्योग र भ्यू टावर आदिमा प्रवेश गर्न दिए वापत गाउ“ परिषद्बाट पारित दरमा लगाइने शुल्कको रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ ।
१.३ दस्ुतर
१.३.१ दस्तुर ः गाउ“ विकास समितिले प्रचलित कानून बमोजिम आफ्नो क्षेत्र भित्र तोकिएको दरमा लगाउने टेलिभिजन भिडियो र अन्य उपकरणको लाईसेन्स नवीकरण दस्तुर, सिफारिस वा बक्सौनी आदि दस्तुर वापत प्राप्त गरेको रकम यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ ।
१.४ बिक्री
१.४.१ बिक्री आय ः गाउ“ विकास समितिले गाउ“ विकास समितिको सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ । ऐेनको दफा ५८ को खण्ड (क) बमोजिमको सरकारी पर्ती जग्गाको माटो बिक्री, ऐेनको दफा ५८ को खण्ड (ख) बमोजिमको सार्वजनिक पोखरी वा बगंैचाको उत्पादन बिक्री, ऐेनको दफा ५८ को खण्ड (घ) बमोजिम गाउ“ विकास क्षेत्रभित्रको वन पैदावार मध्ये
सुकेको काठ, दाउरा, हांगा, झि“जा, जराजुरी आदि बिक्री र ऐेनको दफा ५८ को खण्ड (ङ) बमोजिमको खर, घा“स आदि बिक्रीबाट प्राप्त हुने रकमलाई यस शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ । गाउ“ विकास समितिले फाराम बिक्री गरी तथा आयमूलक कार्यक्रमबाट प्राप्त गरेको रकमलाई समेत यसै शीर्षकमा आम्दानी जनाउनु पर्नेछ ।
१.५ स्रोत उपयोग र अन्य आय
१.५.१ स्रोत उपयोगबाट प्राप्त बा“डफा“ड ः नेपाल सरकार वा जिल्ला विकास समितिबाट गा.वि.स.भित्रको स्रोत उपयोग गरी प्राप्त गरेको रकम मध्येबाट गा.वि.स.लाई प्राप्त हुने रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्दछ ।
१.५.२ दण्ड सजाय ः कानून बमोजिम गाविसले कुनै व्यक्ति वा संस्थालाई दण्ड जरिवाना लगाई प्राप्त हुन आएको रकमलाई यस शीर्षक अन्तरगत आम्दानी बा“ध्नु पर्दछ ।
१.५.३ अन्य आय ः माथि उल्लेख गरेका शीर्षकहरु बाहेक गा.वि.स.ले आफैं आम्दानी गरेका सबै किसिमका रकमहरुलाई यस शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ । ऐेनको दफा ५६ को उपदफा (२) बमोजिम गाउ“ विकास समितिले कसैको रकम कलम उठाई दिएमा उठेको रकमबाट लिएको सेवा शुल्क तथा गाउ“ विकास क्षेत्रभित्रको वन पैदावार चोरी निकासी रोक्ने काममा सहयोग पु¥याए वापत पाउने रकम समेत यसै शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ ।
२.० वा≈य स्रोत
२.१ अनुदान
२.१.१ नेपाल सरकार अनुदान ः नेपाल सरकारको केन्द्रीय बजेट उप शीर्षक तोकी जि.वि.स.मार्फत गाविसलाई उपलव्ध गराइएको सरकारी अनुदानको रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्दछ ।
२.१.२ जिल्ला विकास समिति अनुदान ः नेपाल सरकारको केन्द्रीय बजेट उप शीर्षक नतोकी जिविसबाट प्राप्त भएका सबै किसिमका अनुदानको रकमलाई यस शीर्षकमा आम्दानी बा“ध्नु पर्नेछ ।
२.१.३ अन्य अनुदान ः नेपाल सरकार वा जिल्ला विकास समिति बाहेक अन्य कुनै निकाय वा व्यक्तिबाट प्राप्त हुन आएको अनुदान वा दान वा चन्दा आदि रकमलाई यस शीर्षकमा आम्दानी जनाउनु पर्नेछ ।